दलहरूद्वारा घोषणापत्र सार्वजनिक गर्न ढिलाइ , काँग्रेसले आज सार्वजनिक गर्ने – Kanika Khabar
Monday, April 29Nepali News Portal

दलहरूद्वारा घोषणापत्र सार्वजनिक गर्न ढिलाइ , काँग्रेसले आज सार्वजनिक गर्ने

    मा प्रकाशित

काठमाडौँ, १२ कार्तिक ।
प्रदेश र प्रतिनिधि सभाको चुनाव आउँन अब २२ दिन मात्र बाँकी छ । तर दलहरुले घोषणापत्र सार्वजनिक गर्न भने ढिलाई गरिरहेका छन् । सत्ता र प्रतिपक्षमा रहेका प्रमुख राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गर्न एकअर्कालाई कुरिरहेका छन् ।

तिहारअघि नै घोषणापत्र तयार भएपनि काँग्रेस, माओवादी केन्द्र, एमाले लगायतका दलले घोषणा पत्र सार्वजनिक गर्न सकेका छैनन् । नेपाली काँग्रेसले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नुहुनेछ ।
जनता समाजवादी पार्टी जसपा नेपालले पनि प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीति सहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ ।

निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले सीआईएनलाइ जानकारी दिनुभयो ।

प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेको उहाँले बताउनुभयो । जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणा घोषणापत्रमा समेटेको पनि प्रवक्ता सुमनले जानकारी दिनुभयो ।

नेकपा एमाले भने १८ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेले घोषणा पत्रको सम्पूर्ण तयारी सकेको छ । तर सार्वजनिक भने केही ढिला गरि गर्न लागेको हो । एमालेले कात्तिक १८ बाट नै औपचारिक चुनावी सभाको पनि थालनी गर्ने बताएको छ । कात्तिक १८ गते दार्चुलाको लिपुलेक क्षेत्रबाट चुनाबी सभा थालनी गर्ने तयारी गरेको एमाले नेता विशाल भट्राइले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्