विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड नाघ्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड ७३ हजार नाघेको छ ।
अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ५ लाखभन्दा बढीको मृत्यु भएको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ५४ लाख ५१ हजारभन्दा बढी स्वस्थ भएका छन् ।
विश्वभर देखिएका संक्रमितमध्ये अमेरिकामा मात्रै कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २५ लाखभन्दा बढी रहेका छन् । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघेको छ । फ्लोरिडा, एरिजोना लगायतका राज्यमा कोरोना संक्रमितको संख्या वृद्धि आएको भन्दै ती राज्यमा बन्दाबन्दीलाई फेरि बढाईने र कडाई गरिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्