कनिका खबर
असार १४, काठमाडौँ ।
भक्तपुरकी एक बालिकालाई पेट दुखेपछि उपचारका लागि अस्पताल पु¥याउँदा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको हो ।
मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो ।
संक्रमित बालिकालाई अस्पताल लगिएको छ भने परिवारका सदस्यहरुलाई होम क्वारेन्टिनमा राखिएको छ ।