कार्यसम्पादन राम्रो नगर्ने कर्मचारीलाई हटाइने – Kanika Khabar
Friday, April 26Nepali News Portal

कार्यसम्पादन राम्रो नगर्ने कर्मचारीलाई हटाइने

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने दाबी गरेका छन् । आज मन्त्रालयमा आयोजित एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको सुरुबाटै काममा संक्रिय भएर लाग्ने बताए ।
मन्त्रालयले विज्ञप्ति जारी गरेर बैठकबारे जानकारी दिएको हो । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइने भट्टराईलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ । उनले चालू वर्षमा सम्पन्न हुन बाँकी काम १५ दिनभित्र पूरा गरिसक्न पनि निर्देशन दिएका छन् ।

साथै कोभिड–१९ का कारण बन्द रहेका सबै विमानस्थल सञ्चालन गर्ने गरी मापदण्डको पूर्वतयारी गर्न, होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि जारी भएको मापदण्ड कार्यान्वयन र अनुगमन गर्न पनि उहाँले सम्बन्धित महाशाखा र निकायप्रमुखलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्