काठमाडौबाट बाहिर जाँदै हुनुहुन्छ ? यसरी बनाउनुहोस् सवारी पास – Kanika Khabar
Friday, April 26Nepali News Portal

काठमाडौबाट बाहिर जाँदै हुनुहुन्छ ? यसरी बनाउनुहोस् सवारी पास

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
के तपाईं काठमाडौँ उपत्यकाबाट बाहिर जाँदै हुनुहन्छ ? जान थाल्नुभएको छ भने सवारी पासको ढाँचा परिवर्तन भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ ।
सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचा अनुसार निवेदन दिनुपर्नेछ । ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ । जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ ।
निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको हो । कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ ।
ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा पाँच रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ । निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटो कपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्