सर्लाहीको धनकौलमा काङ्ग्रेस र नेकपाका कार्यकर्ताबीच झडप – Kanika Khabar
Friday, April 26Nepali News Portal

सर्लाहीको धनकौलमा काङ्ग्रेस र नेकपाका कार्यकर्ताबीच झडप

    मा प्रकाशित

कनिका खबर
असार १५, सर्लाही ।

सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योग रहेको क्षेत्रमा गएराती नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्गे्रसका कार्यकर्ताबीचको झडपमा गोली चल्दा १५ जना भन्दा बढि घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्तपाल मलङ्गवामा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । झडप हुनुको वास्तविक कारण खुलिसकेको छैन ।
घटनामा संलग्नमध्ये एक जनालाई राति नै नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । धनकौल क्षेत्रमा चिनी मिलको भुक्तानीको विषयमा नेकपा र काङ्ग्रेसका कार्यकर्ताबीच पटक–पटक विवाद भइरहेको छ । पछिल्लो पटक एक साताअघि सर्लाहीकै रामगनर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्या भएपछि सो घटनालाई राजनीतिकरण गरी नेकपा र काङ्ग्रेस कार्यकर्ताले एक अर्काविरुद्ध आन्दोलन गरिरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्