हिरा डाँगी स्मृति कप फुटबल : एसएसएफए र टरिगाउँ सेमिफाइनलमा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

हिरा डाँगी स्मृति कप फुटबल : एसएसएफए र टरिगाउँ सेमिफाइनलमा

    मा प्रकाशित

लक्ष्मण बस्नेत
तुलसीपुर,३ फागुन । दाङ तुलसीपुरको अरनिको सर्वाधिक पुरस्कार राशीको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता–२०७९ मा स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसीपुर र टरिगाउँ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छ्न् ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा फोरब्रदर्स नवलपरासीलाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स स्कुल फुटबल एकाडेमीले सेमिफाइनल यात्रा तय गरेको हो । उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको ८ औ मिनेटमा स्पोर्ट्स स्कुल फुटबल एकाडेमिका जर्सी न ११ का मनराज बाठाले पहिलो गोल गर्दै पहिलो हाफ्को समाप्तिमा टिमलाई एक सुन्यको अग्रता दिलाए।

त्यस्तै जर्सी न १० का बिनोद केसीले दोस्रो हाफ्को ७ औ मिनेट गोल गरे । उता आफ्ना थुप्रै गोल गर्ने सुनौलो अवसर गुमाएको फोरब्रदर्स नवलपरासीका जर्सी न ७ निशान्त थारुले दोस्रो हाफ्को १३ औ मिनेटमा जवाफी गोल गर्दा स्पोर्ट्स स्कुलका जर्सी न ११ का मनराज बाठाले खेलको ९० औ मिनेटमा थप एक गोल गर्दै टिम लाई ३–१ को जित दिलाउन सफल भएका छन ।

त्यस्तै बडहरा फुटबल क्लब घोराहीलाई सुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै टरिगाउँले सेमिफाइनल यात्रा तय गरेको हो । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बिहिवार ज्ञानज्योती इनोभेटिभ तुलसीपुर र युएनबिसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधातर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएकोछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्