लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा निशुल्क स्टल घोराहीमा जारी प्रदर्शनी तीन दिन थप – Kanika Khabar
Thursday, May 2Nepali News Portal

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा निशुल्क स्टल घोराहीमा जारी प्रदर्शनी तीन दिन थप

    मा प्रकाशित

घोराही, १२ फागुन ।
घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ तीन दिन थप गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौरामा जारी प्रदर्शनी तीन दिन थप गरिएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ फागुन ३ देखी१३ गतेसम्म आयोजना गरिएको प्रदर्शनी तीन दिन थप भएसँगै फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । घरेलु तथा साना उद्योग महासंघ एवं दर्शकहरुको माग अनुसार तीन दिन थप गरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।
प्रदर्शनी थप भएसँगै स्थानीय साना तथा घरेलु उद्योगीहरु पनि खुसी भएका छन् । हामीले निशुल्क स्टल पाएर अल्लोको कपडाहरु राखेका छौँ, आयोजकले प्रदर्शनी तीन दिन थप गरेको जानकारी पाँयौ ।’ अल्लो व्यवसायी प्रेमकुमारी पुनले भन्नुभयो एकदमै खुसी लागेको छ । हामी साना उद्योगीहरुका लागि यो महत्वपूर्ण अवसर हो ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्