राष्ट्रपतिकाे नजिक काङ्ग्रेस – Kanika Khabar
Thursday, May 2Nepali News Portal

राष्ट्रपतिकाे नजिक काङ्ग्रेस

    मा प्रकाशित

काठमाडौं, १२ फागुन।
पछिल्लो चरणमा दलगत रूपमा घनिभूत छलफल भइरहेकाे राष्ट्रपति नेपाली काङ्ग्रेसकाे पाेल्टामा पर्ने सम्भावना बढेकाे छ ।
आज शुक्रबार बिहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बालुवाटारमा बसेकाे बैठकले यस्ताे परिणाम निकालेकाे हाे ।

यद्यपि राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ तर कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको स्राेतले बताएकाे छ ।

बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ, जसलाई जसपा र माओवादीको समर्थन छ । तर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको शर्त नभएको माओवादी स्राेतले बताएकाे छ ।

कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् । ‘साँझ ५ बजे हामी फेरि बस्छौं, राष्ट्रपति कांग्रेसले नै लिने पक्का जस्तै छ’ एक नेता भन्छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्