कास्कीका एक वडाध्यक्षले कुटे कर्मचारी – Kanika Khabar
Thursday, May 2Nepali News Portal

कास्कीका एक वडाध्यक्षले कुटे कर्मचारी

    मा प्रकाशित
घाइते कर्मचारी, इन्जिनियर लक्ष्मण जिसी

कास्की, १२ फागुन ।
कास्कीका एक वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार कुटपिट गरेका हुन् ।

घाइते जिसीको नाकमा चोट पुगेको प्रहरीमा दिएको उजुरीमा छ । उजुरीमा जिसीले सार्वजनिक ठाउँमा कुटपिट गरेकाले वडाध्यक्षलाई आवश्यक कारबाही गर्न माग गरेका छन् ।

जिसीलाई अश्लील गालीगलौज हातपात गरेको विषयप्रति कास्की जिल्लामा रहेका क्रियाशील ट्रेड यूनियनले विज्ञप्ति मार्फत वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् । ‘गल्ती गरेमा उसलाई कानुन अनुसार कारबाही गर्न सकिने अवस्था हुँदाहुँदै मुढेबल प्रयोग गरी गालीगलौज तथा कुटपिट गरेको कार्य प्रति कास्की जिल्लामा रहेका हामी क्रियाशील ट्रेड युनियन घोर निन्दा एवं भर्त्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

nibedan

bigyapti

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्