प्रदेश स्तरीय प्रदर्शनी गायिका एलिना चौहानसँगै झुमे दर्शक – Kanika Khabar
Thursday, May 2Nepali News Portal

प्रदेश स्तरीय प्रदर्शनी गायिका एलिना चौहानसँगै झुमे दर्शक

    मा प्रकाशित

घोराही, १२ फागुन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा शुक्रवार गायिका एलिना चौहानसँगै दर्शकहरु झुमेका छन् ।

पछिल्लो समय महोत्सवहरुमा उहाँको प्रस्तुतिसँगै दर्शकहरु नाचेको भिडियो भाईरल भईरहेको छ । सोही आधारमा पनि प्रदर्शनीमा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उहाँको धोकेबाज हौ तिमी’ बोलको गीत पछिल्लो समय महोत्सवहरुमा लोकप्रीय छ । जुन गीत उहाँले दुई पटक गाउनुभयो । विशेषगरी यो गीतमा भिडियो बनाएर टीकटकमा अपलोड गर्नका लागि दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । चौहानको प्रस्तुतिमा सबैजसो दर्शकहरुले हातमा मोबाईल लिएर भिडियो बनाईरहेको देखिन्थ्यो । दर्शकहरु गीतको तालमा नाच्दै भिडियो बनाउनमा व्यस्त हुनुभयो । चौहानले धोकेबाज हौ तिमी, के माया लाग्छ र, मिनरल वाटर, मेरो छुनुुमुनु हौ, गोदाबरी वनैमा’ लगायत एक दर्जन गीतहरु प्रस्तुत गर्नुभएको थियो ।
चौहानसँगै गायीका शीतल शर्मा, गायक माधव जोन खत्री, गायक गोपाल नेपाली जि.एम, मोडल रुविना अधिकारी लगायतका कलाकारहरुले प्रस्तुति रहेको थियो ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ महासंघको आयोजनामा फागुन ३ गतेदेखी १३ गतेसम्म घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौँरामा जारी प्रदर्शनी तीन दिन थप गरिएको छ । प्रदर्शनीको समापन १६ गते हुनेछ ।
शनिवार चक्र बम र टीका सानु
प्रदर्शनीमा शनिवार पनि चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । शनिवार कलाकारहरु चक्र बम, लोकदोहोरी गायीका टीका सानु, गायीका रेश्मा पुन, मोडल साखीरा मगर, सान्तराम सेञ्चुरी लगायतका कालकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।
प्रदर्शनी तीन दिन थप
प्रदर्शनी तीन दिन थप गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौरामा जारी प्रदर्शनी तीन दिन थप गरिएको आयोजक मूल समितिले जानकारी दिएको छ । फागुन ३ देखी१३ गतेसम्म आयोजना गरिएको प्रदर्शनी तीन दिन थप भएसँगै फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । घरेलु तथा साना उद्योग महासंघ एवं दर्शकहरुको माग अनुसार तीन दिन थप गरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्