दाङका चौथो जनप्रतिनिधि सङ्क्रमित – Kanika Khabar
Monday, March 17Nepali News Portal

दाङका चौथो जनप्रतिनिधि सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
आज दाङमा भएको परीक्षणमा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पीसीआर परीक्षणमा वडा अध्यक्षसहित जिल्लामा थप २१ जनामा कोरोना पुष्टि भएको हो । फ्रन्ट लाइनमा रहेर काम गर्ने चौथो जनप्रतिनिधि सङ्क्रमित भएका हुन् । यस अघि घोराही उपमहानगरपालिका वडा न २ का वडाअध्यक्ष र बगलाचुली गाउँपालिका दुई जना वटा वडाध्यक्षमा कोरोना पुुष्टि भएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका एक वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार तुलसीपुरका ६ जना, शान्तिनगरका ४ जना र घोराहीका ११ जनामा कोरोना पुष्टि भएको हो । सल्यानका दुईजनामा पनि कोरोना पुष्टि भएको छ । दाङका १० वटै स्थानीय तहका ५सय ८८ जनामा कोरोना देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्