राष्ट्रपतिको उम्मेदवारको नाम टुङ्ग्याउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै – Kanika Khabar
Thursday, May 2Nepali News Portal

राष्ट्रपतिको उम्मेदवारको नाम टुङ्ग्याउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    मा प्रकाशित

दाङ, १३ फागुन ।
राष्ट्रपति पाउने निश्चित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बिहान साढे आठ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रपतिको उम्मेदवार चयन गर्न कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

शुक्रबार बेलुकी अन्य ७ दलले राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेपछि कांग्रेसले राष्ट्रपतिको उम्मेदवार टुंग्याउन लागेको हो। सात राजनीतिक दलले उम्मेदवार कसलाई भन्ने जिम्मेवारी कांग्रेसमाथि नै छोडेका छन् ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । गोपालमान श्रेष्ठ र मानबहादुर श्रेष्ठले पनि आकांक्षा राखिरहेका छन्।

२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्