दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ – Kanika Khabar
Thursday, May 2Nepali News Portal

दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ

    मा प्रकाशित

हेमराज शर्मा 

दाङ, १६ फागुन । 

दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ पेरका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न ठाउँबाट रात्रिकालीन अनुगमनको क्रममा ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ३ वसन्तपुरका जगदम्बा प्रसाद अहिर, वडा नम्बर ३ भैंसवाका जमुना प्रसाद यादव रहेका नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभयो ।

यस्तै, राजपुर गाउँपालिका वडा नम्बर ५ चङ्गवाका सञ्चित कुमार यादव, शिवकुमार यादव, तहलु यादव, फिरोज अली, बैधु अली र गढवा गाउँपालिकाको वडा नम्बर ४ रामनगरका दिपक यादव रहेका छन् ।

नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्र, सशस्त्र प्रहरी बल अर्जुन खोला र इलाका प्रहरी कार्यालय गढवाको टोलीले उनीहरुलाई विद्युत् हुकिङ गरी चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रमुख लामिछानेले बताएका छन्। उनीहरुले १ लाख २ हजार रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको छ।

त्यस मध्यमा ४ जनाले ४० हजार रुपैयाँभन्दा बढी जरिबानासहितको बक्यौता रकम बुझाएपछि छाडिएको छ भने अन्य ५ जनाको बारेमा छानबिन भइरहेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्