दाङको घोराहीमा भूतपूर्व सैनिक सम्मेलन – Kanika Khabar
Thursday, May 2Nepali News Portal

दाङको घोराहीमा भूतपूर्व सैनिक सम्मेलन

    मा प्रकाशित

दाङ, १७ फागुन ।
दाङको घोराहीमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । घोराहीको रणसिंहदल गणमा भएको सम्मेलनमा दाङ , सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र प्युठान गरी जम्मा छ जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा रहेको थियो ।

दाङमा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकहरुलाई सम्मानजनक जीवनयापनमा सघाउन नेपाली सेनाले विभिन्न गतिबिधि सन्चालन गर्दै आएको कुरा बताए। उनले उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी दीर्घकालीन कल्याणकारी सेवा तथा सुविधा विस्तार गर्न नेपाली सेना प्रयत्नशील रहेको जानकारी गराए । बढ्दो महंगी र आधुनिकीकरणसँगै बढ्दै गएका नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सकलदर्जाहरुका आकांक्षा, आवश्यकता र आर्थिक दायित्वलाई मध्यनजर गर्दै कल्याणकारी कोषमार्फत कार्यान्वयनमा ल्याईएका नयाँ पहलकदमीहरुका बारेमा प्रधान सेनापतिले जानकारी गराएका थिए ।

सम्मेलनमा प्युठान जिल्ला निवासी ८९ वर्षका हुकुम बहादुर केसी र स्वर्गीय सिपाही रुक बहादुर थापा क्षेत्रीको श्रीमती प्युठान जिल्ला निवासी ९२ वर्षकी एकल महिला सावित्रा देवी थापा क्षेत्रीलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमी र व्यवसायीहरु दुई जनालाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा ४ वा सो भन्दा बढी सन्ततीहरु नेपाली सेनामा रहेका २ जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त ११ जनालाई ह्वलि चेयर तथा बैशाखी वितरण गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्