भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने – Kanika Khabar
Thursday, May 2Nepali News Portal

भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने

    मा प्रकाशित

तुलसीपुर, १७ फागुन ।

नेपाल मानब धर्म सेवा समिति आश्रमको भवन निर्माणका लागि तुलसीपुरमा महायज्ञ सञ्चालन हुने भएको छ । नेपाल मानब धर्म सेवा समिति दाङको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ सञ्चालन हुने भएको हो ।

तुलसीपुर ६ रजौरामा सञ्चालनमा रहेको नेपाल मानब धर्म सेवा समिति आश्रमको ब्यबस्थित भवन निर्माणका लागि महायज्ञ सञ्चालन गर्न लागिएको नेपाल मानब धर्म सेवा समिति दाङ शाखा सचिब चन्द्रबहादुर वलीले जानकारी दिनुभयो । महायज्ञ सञ्चालन गर्नका लागि तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्ती संयोजकत्व र तुलसीपुर ६ की वडा सदस्य यमुना परियार सह–संयोजक रहेको महायज्ञ मुल आयोजक समिति गठन गरिएको छ ।

नेपाल मानब धर्म सेवा समितिले सञ्चालन गरेको आश्रम ब्यबस्थित हुन नसकेको भन्दै समितिले महायज्ञ सञ्चालन गरेर भवन निर्माणको लक्ष्य राखेको छ । महायज्ञमा पण्डित त्रैलोक्य शरण वस्तीले कथा बाचन गर्ने कार्यक्रम तय गरिएको सचिब वलीले जानकारी दिनुभएको छ ।

हिन्दु धर्म संरक्षण र प्रबद्र्धनमा क्रियासिल रहेको नेपाल मानब धर्म सेवा समितिले महायज्ञ मार्फत् लक्ष्य पूरा गर्ने मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिनुभयो । महायज्ञ मार्फत् तुलसीपुरको चिनारी तथा एउटा ब्यबस्थित आश्रम सञ्चालन गर्नलाई सबैले सहयोग समेत गर्ने संयोजक घर्तीले अपेक्षा गर्नुभएको छ ।

महायज्ञ सञ्चालनका लागि मुल आयोजक समितिले बुधबार तुलसीपुुरमा पत्रकार सम्मेलन गरेको छ । ब्यबस्थित आश्रम नहुदा दैनिक रुपमा गरिने क्रियाकलापलाई समेत समस्या भएको भन्दै समितिले पत्रकार सम्मेलन गरेर महायज्ञ मार्फत् भवन निर्माणको तयारी थालेको हो ।

पत्रकार सम्मेलनमा मुल आयोजक समितिकी सह–संयोजक यमुना परियारले महायज्ञ मार्फत् आश्रमका लागि भवन निर्माण गर्नलाई तुलसीपुर क्षेत्रका ब्यबसायी, उद्योगी तथा समाजसेबीलाई आग्रह समेत गर्नुभयो । पत्रकार सम्मेलनको सहजीकरण समितिका सचिब चन्द्रबहादुर वलीले गर्नुभएको थियो ।

महायज्ञमा एक रुपैयादेखि पाँच सय रुपैया सहयोग गर्ने दाताले दान पेटिका मार्फत् रकम उपलब्ध गराउने ब्यबस्था गरिएको छ । यस्तै पाँच सय एक रुपैयादेखि एक हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद, एक हजारदेखि पाँच हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद तथा रुद्राक्षको मालासहित अबिर लगाएर सम्मान गर्ने मुल आयोजक समितिले निर्णय गरेको छ ।

यस्तै पाँच हजार एक रुपैयादेखि दश हजारसम्मलाई नगदि रसिद, रुद्राक्षको माला र प्रमाण पत्रले सम्मान गर्ने, एघार हजारदेखि २० हजारसम्मलाई प्रमाण पत्र, शिलालेखमा नाम लेखाउने, नगदि रसिद उपलब्ध गराउने, २० हजार एक रुपैयादेखि ३० हजारसम्मको सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, प्रमाण पत्र, नगदि रसिद दिएर सम्मान गर्ने, ३० हजार एक रुपैयादेखि ५० हजार सहयोग उपलब्ध गराउने दातालाई चादीको फ्रेम, शिलालेखमा नाम लेखाउने र नगदि रसिद र ५० हजार एक रुपैयादेखि एक लाखसम्म सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, स्वर्ण फ्रेमको प्रमाण पत्र र अबिरमालासहित बजार परिक्रमा गराउने निर्णय भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्