दक्षिण अफ्रिका क्रिकेट टिमको प्रशिक्षण सुरु – Kanika Khabar
Saturday, June 27Nepali News Portal

दक्षिण अफ्रिका क्रिकेट टिमको प्रशिक्षण सुरु

    मा प्रकाशित

कनिका डेस्क
असार १७, दाङ

दक्षिण अफ्रिका क्रिकेट टिमका खेलाडीले कोरोना भाईरसको महामारीको कारण लामो समयदेखि स्थगित टिमको प्रशिक्षण सुरु गरेका छन् । सरकारले प्रशिक्षणका लागि अनुमति दिएपछि सोमबारबाट दक्षिण अफ्रिकाका क्रिकेट टिमले प्रशिक्षण थालेका हुन् । दक्षिण अफ्रिका क्रिकेट बोर्डले हाई पर्फमेन्स ट्रेनिङ टिममा रहेका खेलाडीले प्रशिक्षण सुरु गरेको जनाएको छ । बोर्डको हाई पर्फमेन्स ट्रेनिङ टिममा ४४ जना खेलाडी रहेका छन् । हाई पर्फमेन्स ट्रेनिङ टिममा डेल स्टेन परेका छैनन् । तर, खेलाडीले ठूलो समूहमा ट्रेनिङ गर्न भने पाउने छैनन् । उनीहरूले आफ्नो नजिकको मैदानमा गएर सेल्फ प्रशिक्षण र सानो समूह बनाएर परीक्षण गर्नु पर्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्