सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त – Kanika Khabar
Friday, April 26Nepali News Portal

सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त

    मा प्रकाशित

कनिका खबर
असार १७, दाङ ।
नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ ।

आचरण विपरीत गतिविधि गरेको कसुरमा सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई बर्खास्त गरिएको पुष्टि गरे ।

उनले भने, ‘दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, सैनिक अनुशासन उल्लंघन गरेको लगायतका आचरण विपरित कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्