गुटगत छलफल जारी, नेकपा स्थायी कमिटीको बैठक ११ बजे बस्दै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गुटगत छलफल जारी, नेकपा स्थायी कमिटीको बैठक ११ बजे बस्दै

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र शक्ति संघर्ष सुरु भएको छ । यसअघि तीनलाईन शक्ति संघर्ष देखिएको नेकपामा अहिले दुईलाइनमा खुम्चिएको छ । झण्डै दुईतिहाईका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै कमजोर देखिनु भएको छ । तर, कमजोर देखिएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल समुहले मागेको राजीनामा सहजै स्वीकार गर्ने पक्षमा उहाँ देखिनुहुन्न । पार्टीभित्रको विवादकाबीच आज फेरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक बस्दैछ । हिजो स्थगित गरेर आजका लागि सारिएको बैठकमा लिखित रुपमा तय गरिएका भन्दा पछिल्लो समय बैठकमा उठेका मुख्य दुई एजेण्डामा नै छलफल हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति र उहाँको कार्यशैलीसँग जोडेर राजीनामा दिनुपर्ने वा नपर्ने भन्नेमा छलफल हुने देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समुहले राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको छ । तर प्रधानमन्त्री ओलीसहितको समुहले तत्काल राजीनामा नदिने अडान राखेको छ । नौ सदस्यीय सचिवालयका ६ र ४४ सदस्यीय स्थायी कमिटीका ३० सदस्यले ओलीको राजीनामा माग्ने सहमति गरिसकेका छन् । आजको बैठकमा उहाँको समुहले त्यही रेखाबाट धारणा राख्ने तयारी गरेको छ । स्थायी कमिटीको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

पहिलो रणनीति यसअघि जस्तै अध्यक्ष प्रचण्डसँग मिलेर जाने देखिन्छ । त्यो उपाय काम नलागे बहुमतमा लागि प्रयास हुने देखिएको छ । त्यसमा पनि सफल नभए अरु बाटोहरु खोज्नेमा प्रधानमन्त्री ओलीको रणनीति छ । स्थायी कमिटीको बैठक अघि गुटगत छलफल भने जारी छ । अध्यक्ष प्रचण्डले बिहान आफु निकटका नेता, मन्त्रीहरुसँग छलफल गरिरहनु भएको छ । प्रधानमन्त्री ओलीले पनि छलफल गरिरहनु भएको छ ।

स्थायी कमिटीको बैठक अघि अध्यक्ष ओली र प्रचण्डबीच छुट्टै छलफल हुने पनि तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्