भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाइने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाइने

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, भक्तपुर
भक्तपुरमा सरुवा भएर आउनुभएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताउनुभएको छ । परिसरमा हिजो आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले भक्तपुरमा चोरी र सडक दुर्घटना न्यूनीकरण चुनौतीको विषय रहेको आफूले जानकारी पाएको भन्दै यसको नियन्त्रणका लागि आफू फरक ढङ्गले लाग्ने बताउनुभयो । कार्यक्रममा परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले अनुसन्धानलाई असर पर्ने र कतिपय केही दिन गोप्य राख्नुपर्ने घटना हतारिएर सम्प्रेषण नगरिदिन आग्रह गर्नुभयो ।

जगाती प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले लकडाउन कायमै रहेकाले पास नभएका र आवश्यक प्रक्रिया पूरा नगरी पूर्वबाट आएका यात्रुलाई साँगा नाकाबाटै फर्काउने गरेको बताउनुभयो । उहाँले काठमाडौंँका लागि झापादेखि विभिन्न जिल्ला पार गर्दै आएका यात्रुलाई साँगाबाट फर्काउनु पर्दा दुःख लाग्ने गरेको बताउँदै शुरुको पालिकाले नै प्रक्रिया नपुगेका सवारी साधनलाई काठमाडौंँ पठाउन रोक्नुपर्नेमा जोड दिनुभयो । असार ८ गतेदेखि १४ गतेसम्म विभिन्न साधनमा काठमाडौँं आएका एक हजार ५०३ जनालाई साँगाबाट फर्काइएको बताउँदै प्रनाउ जोशीले लकडाउन शुरु भएपछि गाउँ फर्किएजस्तै अहिले काठमाडौँ फर्कनेहरूको लर्को लाग्ने गरेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्