सुदूरपश्चिम प्रदेशसभा बैठक सूचना टासेर स्थगित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सुदूरपश्चिम प्रदेशसभा बैठक सूचना टासेर स्थगित

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, धनगढि

सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक सूचना टासेर स्थगित गरिएको छ । प्रतिपक्षीको विरोधका कारण लगातार स्थगित हुँदै आएको बैठक आज दिउँसो तीन बजेका लागि आह्वान गरिएको थियो । सरकार र प्रतिपक्षी दलबीचको वार्ता जारी भएपछि बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।

सभामुखलाइ बैठक सार्न आग्रह गरेपछि सूचना टाँसेर स्थगित गरिएको बताइएको छ । अहिले सरकार र प्रमुख प्रतिपक्षी दल, प्रतिपक्षी दलबीच छलफल जारी रहेको छ ।

सभाको बैठक २१ गते विहान आठ बजेसम्मका लागि स्थगित गरिएको सभामुख थापाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्