लकडाउन अवधिमा एक हजार नागरिक जिल्ला भित्रिए – Kanika Khabar
Friday, March 29Nepali News Portal

लकडाउन अवधिमा एक हजार नागरिक जिल्ला भित्रिए

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १६ दाङ ।
लकडाउनको एक महिनाको अवधिमा दाङमा झण्डै एक हजार जना व्यक्ति विभिन्न जिल्लाबाट दाङ आएका छन् । यी मध्य अधिकांश मजदुरीका लागि विभिन्न जिल्ला पुगेका नागरिकहरु हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कलकडाउन सुरु भए यता ८ सय बढी दङालीहरु जिल्ला भित्रिएका छन् । उनीहरुलाई स्थानीय तहहरुसँगको समन्वयमा होम क्वारेन्टाइनमा राखिएको छ । ‘विभिन्न जिल्लामा कामको सिलसिलामा पुगेका ८ सय बढी दङालीहरु जिल्ला भित्रिएका छन्,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने ‘उनीहरु सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ, यसको समन्वय सबै स्थानीय तहहरुले गरिरहेका छन् ।’ उनका अनुसार बाहिरी जिल्लाबाट आएका नागरिकहरु होम क्वारेन्टाइनमा बसे नबसेको निगरानी स्थानीय तहहरुले गर्ने छन् ।

विभिन्न जिल्लामा नागरिकहरु अलपत्र परेपछि उनीहरुलाई यातायातको व्यवस्थापन गरेर जिल्ला ल्याईएको हो । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार सबै भन्दा बढी भक्तपुरबाट नागरिकहरु दाङ भित्रिएका छन् । भक्तपुरबाट जिल्ला आउनेहरुको संख्या ४ सय ९७ जना छ । भक्तपुर ईट्टा उद्योग यहाँका मजदुरहरुका लागि प्रमुख आयस्रोतका माध्यम बन्दै आएको छ । ‘सबै भन्दा बढी भक्तपुरबाट झण्डै पाँच सय नागरिकहरुलाई ल्याईएको छ,’ उनले भने ‘विभिन्न जिल्लाहरुमा नागरिकहरु भोकै बस्नु परिरहेको भन्ने जानकारीका आधारमा उनीहरुलाई जिल्ला ल्याईएको हो ।’ यसैगरी काठमाडौँ कीर्तिपुरबाट ४२ जना, दोलखाबाट ५० लगायत पाँचथर, रसुवा लगायतका जिल्लाहरुमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गरिएको हो ।

लकडाउन अवधिमा भारतबाट १ सय बढी आए

स्थानीय प्रशासनका अनुसार लकडाउनको अवधिमा भारतबाट १ सय ५ दङालीहरु जिल्ला आएका छन् । यसैगरी थप ४३ जना दाङ आउने प्रक्रियामा छन् । रुपैडिहा नाकामा रहेका ३६ जना र कृष्णनगर नाकाबाट थप ७ जनालाई दाङ पठाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । उनीहरु सबै २१ दिनसम्म क्वारेन्टाइनमा बसिसकेकाले उनीहरुबाट त्रस्त बन्नु पर्ने अवस्था नरहेको रिजालले बताए । ‘रुपैडिहा नाकामा रहेका ३६ दङालीहरुलाई दाङ पठाउने तयारी भैरहेको छ, यसैगरी कृष्णनगरले पनि ७ जना दङालीलाई पठाउने तयारी गरिरहेको छ,’ रिजालले भने ‘उनीहरु नाकामै रहेका क्वारेन्टाइनमा २१ दिन बसिसकेकाले उनीहरुबाट सुरक्षाको खतरा हुँदैन ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्