रोटा भाइरस विरुद्धको खोप कार्यक्रम आजबाट सुरु – Kanika Khabar
Friday, April 19Nepali News Portal

रोटा भाइरस विरुद्धको खोप कार्यक्रम आजबाट सुरु

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप कार्यक्रम अन्तर्गत रोटा भाइरस विरुद्धको खोप कार्यक्रम आजबाट सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज शिशुहरुलाई खोप खुवाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । खोप कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री ढकालले जनस्वास्थ्यको सफल कार्यक्रममध्ये राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकताको प्रमुख कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले खोप सेवाको माध्यमबाट रोगहरुको नियन्त्रण, निवारण र उन्मुलन गरि बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमि ल्याउन मद्दत पुग्ने बताउनुभयो । झाडापखालाको कारणमध्ये करिव ३० प्रतिशत कारण रोटा भाईरस भएको र वर्षेनी झाडापखालाकै कारण ३० देखि ५० जना बालबालिकाको मृत्यु हुने गरेकाले यो खोपबाट बालबालिकाको मृत्यु दर कम गर्न सकिने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । यस्तै मन्त्री ढकालले सरसफाई प्रवद्र्धन कार्यक्रमको पनि आजै शुभारम्भ गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्