चटयाङ लागेर मृत्यु भएका परिवारलाई प्रदेश सरकार र गाउँपालिकाले सहयोग गर्ने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

चटयाङ लागेर मृत्यु भएका परिवारलाई प्रदेश सरकार र गाउँपालिकाले सहयोग गर्ने

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, काठमाडौं ।

चटयाङले लागेर ज्यान गुमाएका बाराका चारजनाका परिवारलाई प्रदेश सरकारले एक÷एक लाख रुपैँया सहयोग गर्ने भएको छ । आज बिहान चटयाङले लागेर ज्यान गुमाएका कलैया उपमहानगरपालिकाका दुई र फेटा गाउँपालिकाका दुई जनाको परिवारलाई प्रदेश दुइ सरकारले एक÷एक लाख सहयोग गर्ने भएको हो ।

आज बिहान प्रदेश मन्त्रीपरिषदको आकस्मिक बैठकले चटयाङले लागेर ज्याउन गुमाउने मृतकका परिवारलाई एक÷एक लाख सहयोग गर्ने निर्णय गरेको प्रदेशका भौतिक पुर्बाधार तथा बिकाश मन्त्री जितेन्द्र सोनलले जानकारी दिनुुभयो । यस्तै फेटा गाउँपालिकाले पनि आफनो गाउँपालिकाको वडा नम्बर एक त्रिबेणी टोलका दुई जना मृतक महिलाको परिवारलाई ५० हजार नगद तत्काल सहयोग गर्ने घोषणा गरेको छ ।

मृतक दुवै महिलाको काज किरियाको लागि तत्काल उनीहरुको परिवारलाई ५० हजार सहयोग रकम उपल्बध गराउने निर्ण गरिएको गाउँपलिकाका प्रमुख अमिरि लाल साहले जानकारी दिनुभयो । बारामा आज बिहान पानीसँगै परेको चटयाङले लागेर खेतमा धान रपाई गरिरहेका चार जना महिलाको घटनास्थलमै ज्यान गएको छ । चटयाङले लागेर जिल्लामा १० जना ब्यक्ति घाईते भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्