मुगुमा एक जनामा द्रुत परिक्षण रिपोर्ट पोजेटिभ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मुगुमा एक जनामा द्रुत परिक्षण रिपोर्ट पोजेटिभ

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, मुगु
कर्णाली प्रदेशका जिल्लामध्ये कोरोनाबाट शुन्य रहेको मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकामा एक जनामा द्रुत परिक्षण अर्थात आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । सोरुकोटमा रहेको क्यारेन्टटाईनमा रहेका १२ जना मध्ये एक जनामा सोरु गाँउपालिकाको स्वास्थ्य शाखाबाट परिक्षण गर्दा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको हो । आरडिटी पोजेटिभ देखीएको सोरु गाँउपालिका वडा नम्बर तीनका १९ वर्षका एक युवकमा आरडिटी पोजेटीभ देखीएको हो । आरडिटी पोजेटिभ देखीएको व्यक्ति रोजगारीका लागि भारतबाट फर्किका व्यक्ति हुन् । भारतबाट घर आएका व्यक्तिलाई क्यारेन्टटाइनमा राखीएको थियो । पोजेटिभ देखीएको युवालाई सोरुकोटमा रहेको क्वारेन्टटाइनमा छुट्टै एक कोठामा राखीएको र केही दिन भित्र पिसिआर परिक्षण गर्ने सोरु गाँउपालिका स्वास्थ्य शाखा प्रमुख कर्ण सावतले जानकारी दिनुभयो ।
बिगतका दिनमा सोरु गाँउपालिकाले स्वाव २ सय ८४ जनाको र आरडिटी ८४ जनाको परिक्षण गरिसकेको थियो । मुगु जिल्लाका रहेको एक नगरपालिका र तिन गाँउपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी भारत बाट आएका ६ सय ३४ जना र अन्य जिल्ला भित्र रहेको पत्रकार स्वास्थ्यक्रर्मी ,सुरक्षाकर्मि , जनप्रतिनिधी र स्थानिय बासि गरी १३ सय ५२ जनाको पिसिआर र ९ सय ४५ जनाको आरडिटी परिक्षण गर्दा सबै जनाको नेगेटिभ आएको थियो । हिजो मात्र सोरु गाँउपालिकामा आरडिटी परिक्षण गर्दा १२ जनाको परिक्षण मध्ये एक जनाको पोजेटिभ देखीएको छ ।
पोजेटिभ देखीएको ब्याक्तिको स्वास्थ्य लाई मध्य नजर गदै थप स्वास्थ्यमा उपचार गर्न र पिसिआर चेक गर्ने गरि सोरु गाँउपालिका संग सहकार्य गरि अगाडी बढेको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटिले जानकारी दिनु भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्