म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय १३ – Kanika Khabar
Saturday, November 15Nepali News Portal

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय १३

    मा प्रकाशित

कनिका डेस्क
असार १८, दाङ
म्यानमारको काचिन राज्यमा आज बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय १३ पुगेको छ । यसअघि पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको थियो । तर पछि पहिरो गएको स्थलबाट थप शव निकालिएको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको हो । सूचना मन्त्रालयले आज बिहानको पहिरोमा परी ज्यान जानेको संख्या बढेर एक सय १३ पुगेको जानकारी गराएको हो ।

कचिन राज्यको हपाकांत टाउनशिपस्थित गाउँमा रहेको जेड खानी क्षेत्रमा स्थानीय समयानुसार आज बिहान आठ बजे पहिरो आएको बताइएको थियो । पहिरो आएको समयमा उक्त खानीमा ठूलो संख्याका कमदारले काम गरिरहेका थिए । कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरुलाई पुरेको आशंका गरिएको छ । सूचना मन्त्रालयले अहिले पनि त्यस क्षेत्रमा उद्धारको काम जारी नै रहेको जनाएको छ । उद्धारकर्मीले त्यस स्थलमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने जनाएका छन् । प्रहरीले भने यस विषयमा थप जानकारी आउन बाँकी नै रहेको जनाएको छ । अधिकारीले सन् २०१६ को नोभेम्बरमा पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्