नारायणपुर महाेत्सवकाे १३ ओैँ दिन : विभिन्न कलाकारकाे प्रस्तुतिसँगै महाेत्सवमा थपियाे राैनक – Kanika Khabar
Thursday, June 11Nepali News Portal

नारायणपुर महाेत्सवकाे १३ ओैँ दिन : विभिन्न कलाकारकाे प्रस्तुतिसँगै महाेत्सवमा थपियाे राैनक

    मा प्रकाशित

दाङ, २६ वैशाख

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा आज तेह्रौं दिन विभिन्न गायक गायिकाहरूकाे प्रस्तुति रहेकाे छ ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज मङ्गलबार विभिन्न कलाकारकाे प्रस्तुतिले महाेत्सवकाे राैनक थपेकाे हाे ।

आज महाेत्सवमा गायिका मञ्जु भट्टराईले प्रस्तुति दिएकी छिन् । गायिका भट्टराईकाे काचाे बेलाैती पछिल्लो चरणमा चर्चामा रहेकाे गीत हाे ।

गायिका भट्टराईले काँचाै बेलाैती, पुस्कारी चकटी, टिकिया टल्क्याे बरिलाई लगायतका गीतहरू प्रस्तुत गरेकी थिइन् ।

साथै आज महोत्सवमा गायक राजेश भण्डारी, चेतन बस्नेत, राजकुमार वली, राशी रिजाल, कल्पना क्षेत्री तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनारको प्रस्तुति रहेकाे सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

भाेलि बुधबार गाेबिन्द मधुर

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि बुधबार गाेविन्द मधुर आचार्यकाे प्रस्तुति रहने छ । पछिल्लो चरणमा गायक आचार्यकाे चलचित्र बुलाकीकाे नाच सुवा तिमी नाचेकै सुहाउँछ गीत चर्चामा छ ।

साथै भोलि महोत्सवमा शरद समीप, राजेश भण्डारी, राशी रिजाल,सालिक क्षेत्री , बिरा घर्ती तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनार र डिएमएस डान्स ग्रुप नारायणपुरको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्