राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने

    मा प्रकाशित

कनिका खबर
असार २०, दाङ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको छ । नयाँ खेलकुद विकास ऐन बिहिबारबाट लागू भएसँगै राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नयाँ ऐन अनुसार राखेप सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढ्ने बताए । खेलकुद विकास ऐन २०४८ बिहिबारबाट निष्कृय भएसँगै राखेपका सदस्य सचिव रमेश सिलवाल कार्यालय आउन छाडेका हुन् । उनले मन्त्रालयबाट पत्र नआएसम्म काम गर्न नजाने बताए ।
नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ । समितिले योग्यता पूरा भएका ब्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्