निर्वाध रुपमा व्यावसाय सञ्चालन गर्ने वातावरण मिलाउन माग – Kanika Khabar
Saturday, June 6Nepali News Portal

निर्वाध रुपमा व्यावसाय सञ्चालन गर्ने वातावरण मिलाउन माग

    मा प्रकाशित

दाङ, १६ जेठ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसाय निर्वाध रुपमा संचालन गर्ने वातावरण मिलाउन माग गदै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र वुझाएको छ । संघका अध्यक्ष टंकसिंह वुढाथोकीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यलाइ ज्ञापन पत्र वझाउदै यस्तो माग गरेको हो ।

 

विश्व आर्थिक मन्दीको जर्जर अवस्थामा पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रुपमा धानेको निजी क्षेत्रले आफ्नो व्यवसायीक गतिविधी जेनतेन चलाइरहेको अवस्थामा राज्यले गर्नुपर्ने व्यवसायिक प्रोत्सानको साटो व्यवसायीहरुलाई विभिन्न वहानामा राज्य पक्षबाट भएको अस्वभाविक समस्याबाट ग्रसित भएको महसुस गरेको ज्ञापन पत्रमा भनिएको छ । यस्तै अवस्था रही रहेमा आफुहरु अबका दिनहरुमा व्यवसाय संचालन गर्न नसक्ने अवस्थामा पुगी सकेको व्यावसायीहरुले बताएका छन् ।

व्यवसायीले आफ्नो व्यवसाय राज्यको नियम कानुनको दायरामा रही निर्वाध रुपमा व्यवसाय संचालन गर्न पाउनुपर्ने स्वतन्त्रता र मौलिक हक अधिकारलाई मनन गर्दै व्यवसायीहरु पनि राज्य संचालन गर्न र अर्थतन्त्र बलियो बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने अभिन्न अंग भएको आभास दिलाउन यस्ता प्रकृतिका घटनाहरु फेरी नदोहो¥याउनको लागि जिल्ला प्रशासन कार्यालय दाङबाट पहल गरी दिन आग्रह गरिएको छ । व्यवसाय निर्वाध रुपमा संचालन गर्ने वातावरण मिलाई दिन समेत ज्ञापन पत्रमा माग गरिएको छ । ज्ञापन पत्र वझदै प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले आफुले व्यावसायीहरुको समस्या समाधानका लागि पहल गर्ने बताएका थिए । व्यावसायीहरु बाट उठाइएका विषयहरु छलफल गरेर अगाडि वढने उनको भनाइ रहेको थियो । ज्ञापन पत्र वुझाउन संघका पदाधिकारीहरु, मोवाइल तथा इलेक्ट्रोनिक व्यावसायी संघका पदाकिारीह, सुनचाँदी व्यावसायीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्