‘यतिबेला हामीले चाहेर पनि घरपरिवारलाई भेट्न पाएका छैनौँ ’ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

‘यतिबेला हामीले चाहेर पनि घरपरिवारलाई भेट्न पाएका छैनौँ ’

    मा प्रकाशित

आर. के. शीतल
दाङ, २० असार ।
कोरोना भाईरसको महामारीको समयमा अघिल्लो पङ्तिमा रहेर काम गर्ने प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ३० जना प्रहरीहरुलाई शनिवार तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा सहभागी प्रहरीहरुले महामारीको समयमा आफूहरुलाई सुरक्षा सामग्री नहुनु र २४ सैँ घण्टा जोखीममा रहेर ड्युटी गर्नुपर्ने भएकाले तनाब हुने गरेको बताएका थिए । कोरोनाको महामारीबाट बच्नका लागि सर्वसाधारणहरुलाई अनुरोध गर्दा पनि अटेरी गर्ने गरेको एवं ड्युटीका क्रममा धेरै व्यक्तिहरुसँग सम्पर्कमा रहनु पर्ने भएकाले संक्रमण हुन्छ कि भन्ने त्रास पनि सधै भईरहेको उनीहरुको भनाई थियो । ‘हामीलाई जोखिम एकदम छ नि, सडकमा ड्युटी गर्नै प¥यो’ एक प्रहरीले भने­ ‘ड्युटी गर्दा सामाजिक दुरी कायम गर्नुस् है, मास्क लगाएर मात्र हिँड्नुस् भनेर भन्यो अझै अटेरी गर्छन् । भनेको नमान्दा दिक्क लाग्छ । हामीले हाम्रो लागि भनेको भए झन् के टेर्दो हुन् र ?’
कार्यक्रममा सहभागी प्रहरीहरुले प्रहरीले लकडाउनको समयमा भोग्नु परेको समस्याहरु राखेका थिए । ‘संक्रमितलाई आईसोलेसनमा पु¥याउनु प¥यो प्रहरी पुग्नै पर्ने, क्वारअन्टिनमा बबाल नभएको त दिनै हुँदैनथ्यो अहिले अलि कम छ । त्यहाँ पनि प्रहरी पुग्नै प¥यो’ एक प्रहरी अफिसरले भने­ ‘अझ क्वारअन्टिनमा बसेकाहरु आएर सडकमा आन्दोलन गर्छन् । उनीहरुलाई रोक्नै प¥यो, अनि हामीमाथि जोखिम बढिहाल्यो नि ।’
कार्यक्रममा तनाबलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मनोविमर्शकर्ताहरु लक्ष्मी ढकाल र दीपा धितालले जानकारी गराएका थिए । जुनसुकै कुराले पनि मानिसहरुलाई तनाब हुने भएकाले तनाब भएपछि मानसिक रुपमा पर्ने असरहरु, त्यसका लक्षणहरु, समाधानका उपायहरु लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले सुरक्षाकर्मीहरुलाई यो महामारीको समयमा उच्च जोखिम रहेको हुँदा प्रहरीहरु तनाबमा हुने गरेको बताए । महामारीको समयमा सामान्य दिनहरुभन्दा धेरै ड्युटीमा खटिनु, ड्युटीको समयमा संक्रमणको जोखिम बढ्नु जस्ता कारणले प्रहरीहरु तनाबमा हुने गरेको उनको भनाई थियो । ‘आइसोलेसन, क्वारअन्टिनदेखि सडकका हरेक समुदायसम्म प्रहरीले ड्युटी गर्नुपर्छ अनि त्यसै पनि जोखिम बढिहाल्छ ।’ रिमालले भने­ ‘प्रहरी जोखिममा हुने भएकाले तनाब बढ्नु स्वभाविक हो ।’ उनले महामारीको समयमा घरपरिवारसँग बस्न पाए हुन्थ्यो भन्ने भए पनि यो समयमा बिदा पनि नमिल्ने र परिवारलाई यतै बोलाउँदा पनि परिवारका सदस्यहरुमा झन् जोखिम हुने भएकाले प्रहरीहरुमा तनाब बढी छ । ‘मानिस अप्ठेरो समयमा घरपरिवारसँग छोराछोरीहरुसँग बस्न चाहन्छ तर प्रहरीका लागि त्यो सम्भव छैन, महामारीको समयमा झनै बढी समयमा ड्युटीमा खटिनुपर्छ’ उनले भने­ ‘त्यसैले पनि प्रहरीहरुमा तनाब बढाउछ ।’ उनले मनोविमर्शले मानिसलाई मन नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले शारीरिक व्यायमजस्तै मनको व्यायम पनि आवश्यक भएको बताए । शारीरिक स्वस्थतामा हामीले ध्यान दिए पनि मनको स्वस्थतामा ध्यान दिन नसक्दा मानिसमा समस्या आउन सक्ने सम्भावना बढी हुने गरेको उनको भनाई छ । साथै उनले प्रहरीका लागि यस्तो मानसिक तनाब व्यवस्थापन गर्ने सम्बन्धी अभिमुखीकरणहरु आवश्यक भएको बताए ।


महामारीको समयमा अघिल्लो पंक्तमा रहेर काम गर्ने सुरक्षाकर्मीहरु महामारीको जोखीममा रहने भएकाले पनि तनाब बढि हुने भएकाले उनीहरुलाई बनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरणको आयोजना गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन् । केन्द्रले नागरिक आवाजसँगको सहकार्यमा सञ्चालन गरेको ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्तरगत मनोविमर्शको कार्यहरु पनि हुने भएकाले सुरक्षाकर्मीहरुका लागि यो कार्यक्रम गरिएको उनको भनाई थियो । ‘यो महामारीको समयमा सबैभन्दा उच्च जोखिममा रहने भनेको सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरु रहेकाले सुरक्षाकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेका हौँ’ कार्यक्रममा बोल्दै उनले भनिन्­ ‘यो अभिमुखीकरणले तनाब व्यवस्थापनको विषयमा आधारभुत कुराहरु सिकाउँछ । त्यसैको आधारमा तपाईहरुलाई तनाब व्यवस्थापन गर्न सहज होस् भन्ने अपेक्षा गरेका छौँ ।’
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमेटेडका वरिष्ठ प्रबन्धक लोकमणी रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको ञसहजीकरण आर.के.शीतलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्