उपत्यकाको ढलमा कोभिड–१९ को भाइरस फेला – Kanika Khabar
Saturday, April 27Nepali News Portal

उपत्यकाको ढलमा कोभिड–१९ को भाइरस फेला

    मा प्रकाशित

कनिका संवाददाता
असार २०, काठमाडौं
उपत्यकाको ढलमा कोभिड–१९ को भाइरस फेला परेको छ । उपत्यका भित्रका चार ठाउँका ढलको नमुना परीक्षण गर्दा दुइ ठाउँमा कोभिड–१९ को भाइरस फेला परेको हो । सेन्टर फर मलिकुलर डायनामिक्स सिएमडिएन नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स दुइ’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।
अध्ययनले उपत्यकामा समुदायमा सङ्क्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका प्रमुख डाक्टर दिवेस कर्माचार्यले कनिकाखबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार अन्य देशका अध्ययनले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स दुइ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययन भइसकेका छन् । नेपालमा पनि त्यसै आधारमा अध्ययन गरिएको हो ।
यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्मचार्यको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्