मन जलाउन मिल्छ र ? – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

मन जलाउन मिल्छ र ?

    मा प्रकाशित

आँसुको आफ्नै अधिकार छ रसाउन मिल्छ
मेरो मन हल्का हुन्छ मज्जाले बगाउन मिल्छ

चाहाना हुनुपर्छ प्रिय सम्बन्ध यथावत राख्न
थाहा छैन ? बाडुल्कीमा सम्झना पठाउन मिल्छ

हिजो हरेक कदम सँगसँगै हिँड्ने मान्छे आज
अहो ! कति सजिलै भन्यौ एक्लै रमाउन मिल्छ

मेरो शीरमा सजिन तिम्रो भाग्यमै नभए पनि
राख्छु सम्मान दिएर पैतलामा सजाउन मिल्छ

छड्के हस्ताक्षर गरेर स्वतन्त्र गरेको छु जस्लाई
भन्नुस् सम्झनामा घरीघरी मन जलाउन मिल्छर ?

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्