बार्यनले जित्यो २० औँ पटक जर्मन कपको उपाधि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बार्यनले जित्यो २० औँ पटक जर्मन कपको उपाधि

    मा प्रकाशित

कनिका खबर
असार २१, दाङ ।
बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बायार लेवरकुसनलाई ४÷२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे । लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल फर्काए । खेलको १६ औं मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा सेर्गीले बायर्नको अग्रता दोब्बर बनाए । ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्नको अग्रता ३÷ ० को बन्यो । ६३ औं मिनेटमा लेवरकुसनका बेन्डेरले गोल गर्दै खेल ३÷ १ मा ल्याए । तर, ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४÷ १ को अग्रता दिलाए । यससँगै उनले सिजनको ५१ औं गोल पुरा गरे । त्यसपछि खेलको इन्जुरी समयमा लेवरकुसनका हाभर्ट्जले एक गोल फर्काएपनि बायर्न ४÷२ ले विजयी भयो । यससँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो । जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो । बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । बायर्नले यसअघि बुन्डेसलिगाको उपाधि जितिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्