बामदेवलाई ओलीको ‘ग्रिनकार्ड’, के लाग्ला त नयाँ पार्टीको भिसा ? – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बामदेवलाई ओलीको ‘ग्रिनकार्ड’, के लाग्ला त नयाँ पार्टीको भिसा ?

    मा प्रकाशित

कनिका खबर
असार २१, दाङ ।
सत्तारुढ दल नेकपा आन्तरिक कलहका कारण फुटको नजिक पुगिरहँदा नयाँ पार्टीको अभ्यास समेत घनिभूतरुपमा चलेको छ । बाहिरबाट हेर्दा बलियो दखिने तर पार्टीभित्र प्रायः गोटी बन्ने नेताका रुपमा बामदेव गौतम चिनिन थालेका छन् । यसअघिको विवाद चुलिरहँदा प्रधानमन्त्रीको ललिपप पाएका गौतमलाई पुनः प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पाटीृको अध्यक्षको ‘ग्रिन कार्ड’ देखाएका छन् । विवादले वारपारको निकास लिनै लागेको बेला गौतमलाई प्रधानमन्त्रीको ललिपप देखाइएपछि ‘प्रेस नोट’ मार्फत घुमाउरो तरिकाले ओलीको समर्थन गरेर पार्टीको विवादलाई टालटुल पारेका थिए । अब यसपालि पनि ‘ग्रिन कार्ड’ पाएका गौतमको भूमिका अब कस्तो रहन्छ पार्टी पङ्तिमा सघन रुपमा हेरिएको छ ।
हिजो शनिबार प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेता वामदेव गौतमलाई ‘नयाँ पार्टी’ को अध्यक्ष बन्न प्रस्ताव गएको छ । नेकपा विभाजनसम्मको आशङ्का भइरहेका बेला निकट नेताहरूको तर्फबाट पार्टी विभाजन भएको अवस्थामा ‘नेकपा एमाले’ को नेतृत्व गर्न भनिएको स्रोतले जनाएको छ । गएराति मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैँसेपाटीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसहितको बैठक भएको थियो ।
जनताको बहुदलीय जनवादको नेतृत्व गर्ने गरी भावी अध्यक्ष बन्न प्रस्ताव आएको नेता गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुलाई जानकारी गराएका थिए । गौतमले धेरैपटक धोका पाएकाले यसपटक गल्ती नगर्ने बताएको स्रोतको भनाइ छ । अब ओलीको ग्रिन कार्डले गौतमलाई लोयल गराउला त ? यो ग्रिन कार्डले गौतमको भिसा लाग्ला कि नलाग्ला राजनीतिक वृत्तमा बडो प्रतिक्षित रुपमा हेरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्