गाेरखा घाेराही `राष्ट्रिय शिक्षा सम्मान २०८०´ बाट सम्मानित – Kanika Khabar
Monday, February 16Nepali News Portal

गाेरखा घाेराही `राष्ट्रिय शिक्षा सम्मान २०८०´ बाट सम्मानित

    मा प्रकाशित

दाङ, १६ असार ।

दाङको घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल राष्ट्रिय शिक्षा सम्मान २०८०´ बाट सम्मानित भएकाे छ ।

फोकस नेपालले गोरखा घाेराहीलाई `राष्ट्रिय शिक्षा सम्मान २०८०´ बाट सम्मानित गरेको हो

आज काठमाडौंमा आयोजित एक कार्यक्रमका गाेरखा घाेराही फाेकस नेपालबाट `राष्ट्रिय शिक्षा सम्मान २०८०´ बाट सम्मानित भएकाे हाे ।

फाेकस नेपाल संस्थाद्वारा आयाेजित वर्तमान शिक्षा नीति र आगामी चुनाैति विषयक विचार गाेष्ठि, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समाराेह कार्यक्रममा सम्मान प्रदान गरिएकाे थियाे ।

समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगत वर्षहरुको परीक्षाको नतिजालाई आधार मानेर देशभरिका माविहरूबाट छनाैट गरेर `राष्ट्रिय शिक्षा सम्मान २०८०´ बाट सम्मानित गरिएको फोकस नेपालले बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढालाई अवार्ड प्रदान गरेका थिए ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षता, माननीय तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीकाे प्रमुख आतिथ्यता एवम् माननीय तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पाैडेलकाे विशिष्ठ आतिथ्यता सम्पन्न भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्