यस वर्ष एसईई नतिजामा सुधार, नन ग्रेड ल्याउनेको सङ्ख्या १३,९९२ – Kanika Khabar
Saturday, May 18Nepali News Portal

यस वर्ष एसईई नतिजामा सुधार, नन ग्रेड ल्याउनेको सङ्ख्या १३,९९२

    मा प्रकाशित

दाङ, २१ असार ।
राष्ट्रिय परीक्षा बोर्डले आज बिहीबार सार्वजानिक गरेको नतिजामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा अघिल्लो वर्षको तुलनामा सुधार भएको छ । यसवर्षको नतिजामा माथिल्लो जिपिए ल्याउनेको संख्यामा वृद्धि भएको हो ।

बोर्डका अनुसार यस वर्ष नतिजा अघिल्लो वर्षभन्दा सुधार भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ३.६० देखि ४.०० जिपिए ल्याएने विद्यार्थी संख्याको अन्तर १२ हजार ८ सय २४, ३.२० देखि ३.६० सम्म जिपिए ल्याउने १३ हजार ४ सय ४२, २.८० देखि ३.२० सम्म जिपिए ल्याउने २ हजार ४ सय ६२ रहेको छ।

त्यस्तै यस नन ग्रेडे ल्याउनेको सङ्ख्या १३ हजार ९ सय ९२ रहेको छ । अघिल्लो वर्ष नन ग्रेड ल्याउनेको सङ्ख्या २२ हजार ५ सय ३७ रहेको थियो । नन ग्रेड ल्याउनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ८ हजार ५४५ जना कम परेका छन्।

Image

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्