आज पनि अधिकांश स्थानमा वर्षा हुने – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

आज पनि अधिकांश स्थानमा वर्षा हुने

    मा प्रकाशित

कनिका खबर
असार २२, दाङ ।
नेपालमा आज पनि अधिकांश प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ५ वटा प्रदेशमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भूभाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

भारी वर्षासँगै बाढी – पहिरोको जोखिम रहेको तथा बिभिन्न क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्