सीप सिकाउँदै, आध्यात्मिक बनाउँदै सगरमाथा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सीप सिकाउँदै, आध्यात्मिक बनाउँदै सगरमाथा

    मा प्रकाशित

दाङ, १९ साउन ।

आधुनिकताका नाममा परम्परागत दुनाटपरी बनाउने, बत्ती कात्ने चलन हराउँदै गएको अवस्थामा सगरमाथा विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ ।

कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै यस बिधालयले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको छ । यहाँ गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने दुनाटपरी, बत्ती तयार पार्नेजस्ता सीप सिकाउन थालिएको हो।
उक्त सीप कक्षा ९ र १० का विद्यार्थी वाट सिकाउन सुरु गरिएको छ । विद्यालयको प्राङ्गणमा आजको कार्यक्रमको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ । बढ्दो आधुनिकताले गर्दा गाउँघरमा सबैले पुराना कुरा बिर्सिँदै गएको अवस्थामा विद्यालयमा सीप सिक्न पाउने र आफ्नो रितिरिवाज, चालचलन र सस्कृती जगेर्ना र संरक्षण गर्न अवसर मिलेको छात्रा दीक्षा शाहले बताउनुभयो ।

“नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ”, छात्रा शाहले भन्नुभयो, “आफैँले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री हामी अन्यत्र आश्रित हुनुहुदैन, विद्यालयले हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण बनाइदिएको छ ।”

दुनाटपरी, बत्ती समाजमा अनिवार्यरूपमा प्रयोग भइरहने वस्तु हुन् । सैद्धान्तिक सिकाइले कण्ठ गर्ने मात्र हुन्छ । छात्रा माया मगरले घरमा प्रयोग गरिए तापनि सीप सिक्ने मौका नमिलेको अवस्थामा विद्यालमै आएर सिक्न पाउँदा रमाइलो लागेको बताउनु भयो । नेपाली भएर पनि आफ्ना संस्कार, संस्कृतिको जगेर्ना गर्न नसक्दा परम्परागत संस्कृति लोपोन्मुख हँुदै गएको छ । मगरले भन्नू भयो।

घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहँुदा अहिले बत्ती कात्ने, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन विद्यालय भित्रै प्रयोगात्मक ज्ञान, सीप सिकाउने गरिएको बिधालयका कार्यक्रम प्रमुख शरद शर्माले बताउनु भयो।

शिक्षण सिकाइमा प्रयोगात्मक सिकाइअन्तर्गत विद्यार्थीलाई नयाँ कुरा सिकाउने र प्राचीनरूपमा घरमा प्रयोग हँुदै आएको तर अहिलेका पुस्तामा सीप हस्तान्तरण नहुँदा प्रयोग कम हँुदै गएको अवस्थामा विद्यालयमा नै सीप सिकाउने कार्य सुरु गरिएको बिधालय सम्योजक तिलक डाङ्गीले बताउनुभयो ।

“विद्यार्थीले असाध्यै उत्साहित भएर ज्ञान, सीप सिक्ने गरिरहेका छन्, अभिभावकहरुले पनि घरमा सिकाउने समय नमिलेको अवस्थामा विद्यालयमा नै सिकाइएको यस सीपलाई सकारात्मकरूपमा लिनुभएको छ, बिद्यार्थीहरु यससम्बन्धी सीप सिक्न पाउँदा खुसी छन्”, प्रीन्सिपल छवि कुमार वलीले भन्नुभयो ।

अहिलेलाई बिद्यालयले दुनाटपरी बुन्ने, बत्ती कात्ने रोटी बनाउनेजस्ता सीप सिकाएको छ । विस्तारै समयनुसार विभिन्न सीप सिकाएर बिद्यार्थीहरुलाई दक्ष बनाउने सि इ ओ यमकान्त खरेलले जानकारी गराउनु भयो।
साथै विद्यार्थीहरुलाई आध्यात्मिक बनाउने सोचका साथ आज बिद्यार्थी स्वयमले कातेका बत्ती उनिहरुले नै बुनेका दुनाटपरीमा राखेर दिप प्रज्वलन गर्न पुरुषोत्तम महायज्ञमा गङ्गा आरतीको लागि पाण्ड्वेशवर मन्दिर धारापानीमा लगेको कुरा प्रीन्सिपल वलीले बताउनु भयो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्