जनावरबाट मानिसमा सर्ने रोग बढ्दै गएको विज्ञको दावी – Kanika Khabar
Friday, April 26Nepali News Portal

जनावरबाट मानिसमा सर्ने रोग बढ्दै गएको विज्ञको दावी

    मा प्रकाशित

एजेन्सी
असार २३, दाङ ।
जुनोटिक रोग अर्थात जनावरबाट मानिसमा सर्ने रोग झन झन बढ्दै गएको सयुक्त राष्ट्रसङ्घका विज्ञहरूले चेतावनी दिएका छन । कोभिड १९ जस्तो रोगको उदय हुनुमा उनीहरूले मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन । राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्ने बताएको छ । वीवीसीका अनुसार रोग आफैँ जनावरबाट मानिसमा सर्दैनन्। जनावरको मासुको माग, बदलिँदो कृषि अभ्यास तथा जलवायु परिवर्तन यिनका कारक भएको एउटा प्रतिवेदनले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्