सरकार र गाैर घटना पीडितबिच पाँच बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित – Kanika Khabar
Thursday, May 2Nepali News Portal

सरकार र गाैर घटना पीडितबिच पाँच बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

    मा प्रकाशित

काठमाडौं, २३ साउन ।
सरकार र गौर हत्याकाण्ड पीडितका बिच पाँच बुँदे सहमति भएकाे छ । सरकारले गाैर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति गरेकाे हाे ।
सरकारले सहमति गरेसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।

२०६३ चैत ७ मा रौतहटको गौरमा भएको घटनामा मृत्यु भएका र घाइते भएका परिवारका सदस्यहरूसँग छलफलपछि घटनाबारे छानबिन र अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालय सहमत भएको छ । घटनामा मृत्यु भएका र २०६५ पुस ९ मा मन्त्रिपरिषद्ले सहिद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने सहमति भएको छ । त्यस्तै सो घटनामा मृत्यु भएका तर सहिद घोषणा हुन छुट भएका मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्