सरकारले महावीर पुनलाई भन्यो – विभूषण लिलामीमा नराख्नुहोस् – Kanika Khabar
Thursday, May 2Nepali News Portal

सरकारले महावीर पुनलाई भन्यो – विभूषण लिलामीमा नराख्नुहोस्

    मा प्रकाशित

काठमाडौँ, २३ साउन ।
सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामी नराख्न सुझाएको छ । पुनले सरकारले प्रदान गरेको विभूषण लिलामीमा राखेपछि सरकारले लिलामीमा नराख्न सचेत गराउँदै पत्राचार गरेको हो । आज मैगलबारगृहमन्त्रालयले पत्राचार गर्दै पुनलाई विभूषण लिलामीमा नराख्न भनेको हो ।

विभूषण लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र पुनलाई गृहमन्त्रालयले पठाएको हो । पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए । कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिबद्धताअनुसारका सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्