धारापानीमा ‘गंगा आरती’ उत्साह – Kanika Khabar
Thursday, May 2Nepali News Portal

धारापानीमा ‘गंगा आरती’ उत्साह

    मा प्रकाशित

घोराही, २४ साउन । मुख्य बजार घोराहीदेखि करिव ७ किलोमिटर दक्षिणमा रहेको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानी छ । उक्त मन्दिरमा आजभोलि साँझ परेसँगै भक्तजनको बेग्लै उत्साह देख्न सकिन्छ । मन्दिरमा सुरु भएको सुरु भएको गंगा आरती हेर्ने भक्तजन तथा दर्शनार्थीहरुको बाक्लै भिड लागने गरेको छ ।

पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यस पटक पुरुषोत्तम माहात्म्य प्रवचन एवम् शृङ्गारिक महाआरती बोलबम महोत्सव आयोजना गरिएको छ । साउन महिनामा हुने मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यसवर्ष पहिलो पटक सञ्चालन भएको हो ।

साउनको २ गतेदेखि मन्दिरमा साँझ नियमित रूपमा शृङ्गारिक गंगा आरती, मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठलगायतका कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,‘साउन २ गतेदेखि नियमित यो कार्यक्रम सञ्चालन भएको छ । भक्तजनको उल्लेख्य सहभागिता हुने गरेको छ ।’ बजारदेखि टाढा र रातीको समयमा सञ्चालन हुने भएकाले पुरुषोत्तम माहात्म्य एवम् शृङ्गारिक आरती बोलबम महामहोत्सव लगाउँदा भक्तजन तथा दर्शनार्थीको सहभागिता हुन्छ कि हुँदैन भन्ने लागेको पनि अहिले उत्साहजनक सहभागिता भईरहेको बताउनुभयो ।

साउनको ३१ गतेसम्म सञ्चालन हुने पुरुषोत्तम माहात्म्य एवम् शृङ्गारिक आरती बोलबम महामहोत्सवमा दैनिक ३ हजारदेखि ३५ सयसम्म भक्तजन आरतीमा सहभागी हुने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक अधिकारीले भन्नुभयोे,‘साउन महिनामा मलमासको अवसरमा आयोजना गरिने भएको पहिलो पटक मन्दिरमा पुरुषोत्तम माहात्मा प्रवचन तथा बाचन महात्सवको आयोजना गरेका छ, यसमा भक्तजन तथा दर्शनार्थीको उत्साहजनक सहभागीता हुने गरेकोे छ ।’

महामहोत्सवमा अन्तर्राष्ट्रिय स्वर्णपदकले विभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम माहात्म्य प्रवचन कथा वाचन गर्दै आउनुभएको छ भने प्रत्येक दिन बेलुकी वैदिक शृङ्गारिक गंगा आरतीका लागि भारतको प्रसिद्ध धार्मिकस्थल हरिद्वारबाट दुई जना र बनारसबाट एक जना गरेर तीन जना पण्डित आउनुभएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

महामहोत्सवका अवसरमा हरेक दिन साँझ मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठ पारायण, सङ्गीतमय लीलामय पुरुषोत्तम माहात्म्य प्रवचन, पुरुषोत्तम एवम् बोलबम महाआरती र संगीतमय लीलामय प्रवचन तथा भजन सञ्चालन भइरहेको छ । भक्तजनको अहिले भइरहेको उत्साहजनक सहभागिता र ती भक्तजनको चाहना तथा आग्रहअनुसार साउन महिनामा मात्रै नभएर आगामी दिनमा पनि पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा आरतीको निरन्तरता गर्नुपर्ने माग हुन थालेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

यस मन्दिर परिसरमा विश्वकै अग्लो त्रिशूल छ । मन्दिरमा त्रिशूल राखेसँगै यसको गरिमा र प्रचार थप प्रभावकारी बन्दै आएको छ । त्रिशूलको उचाई ५५.५ फिट, गोलाई ४४ इञ्च छ । जिल्लाको धार्मिक पर्यटकीय स्थलमध्येको एक महत्वपूर्ण मन्दिर हो । जिल्ला घुम्न आउने जो कोही पनि यस मन्दिरमा नपुगेर फर्कँदैनन् । भारतलगायत तेस्रो मुलुकबाट समेत यस मन्दिरमा दर्शन गर्न आउने गरेको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्