धारिलो हतियार प्रहार गरी फरार रहेका ६ जना पक्राउ – Kanika Khabar
Thursday, May 2Nepali News Portal

धारिलो हतियार प्रहार गरी फरार रहेका ६ जना पक्राउ

    मा प्रकाशित

दाङ, २५ साउन ।
दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ शङ्खे पिपल नजिक एक व्यक्तिलाई धारिलो हतियार प्रहार गरी फरार भएका ६ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लाहुरेडाँडा बस्ने नर बहादुर पुनको छोरा १८ वर्षीया तिर्थ बहादुर पुनलाई खुकुरी प्रहार गरी फरार रहेका ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ निवासी १७ बर्षीय नाम परिवर्तित नामथर घोराही ३३ (क), घोराही उपमहानगरपालिका–१४ गणेश मन्दिर टोल निवासी १६ बर्षीय नाम परिवर्तित घोराही ३३ (ख), बंगलाचुली गाँउपालिका–४ जुम्लेपानी घरभई हाल घोराही पमहानगरपालिका–१८ बस्ने २० बर्षीय देबेन्द्र कँवर मगर, सोही वडाको भंगीटोल बस्ने १७ वर्षीय नाम परिवर्तित ३३(ग) , घोराही उपमहानगरपालिका–१९ सैघा घरभई हाल घोराही–१८ बस्ने १७ बर्षीय नाम परिवर्तित घोराही ३३ (घ) र सोही वडाको मसिना बस्ने १५ बर्षीय नाम परिवर्तित घोराही ३३ .(ङ) रहेका छन् ।
साउन १० गते सामूहिक आक्रमण गरी पुनलाई प्रहार गरी उनीहरु फरार भएका थिए , पुनको टाउको, अनुहार र बाँया हातको कान्छी औँला बाहेक सबै औँलाको हड्डी काटिएको, औँला हातमै रहेको अवस्थामा अवस्थामा वडा प्रहरी कार्यालय घोराही दाङको प्रहरी टोलीले फेला पारी तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको लागि पठाइएका थिए । थप उपचारका लागि साउन ११ गते मेडिकल कलेज भैरहवामा रेफर गरिएको थियो । अहिले उनको भैरहवामै उपचार भइरहेको छ ।

उनीहरु पीडितबाट ज्यान मार्ने उद्योगको सम्बन्धी कसुरमा जाहेरी लिएर जिल्ला अदालत दाङबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्