समन्वय नगरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिको चेतावनी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

समन्वय नगरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिको चेतावनी

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, मेलम्ची
मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिइ पानी पथान्तरण सुरु गरेको घटनाप्रति दुख प्रकट गरेको छ । पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधि, सरोकारवाला निकायहरुबीच मेलम्चीमा भएको छलफलमा सरोकारवालासँग कुनै समन्वय नै नगरी मन्त्रालयले गरेको यस्ता हर्कतबारे दुख प्रकट गरेको हो ।

लेभी, मजदुर, कर्मचारी र सप्लायर्सहरुको समस्या र विकासनिर्माण सम्बन्धमा तत्काल निर्णय लिन पनि बैठकले ध्यानावर्षण गरेको छ । सरकारले स्थानीय सरकारसँग कुनै समन्वय र सहकार्य नगरेको भन्दै हेलम्बु गाउँपालिकाले आपत्ती जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्