भारतमा कोरोनाका कारण २० हजार बढिको मृत्यु – Kanika Khabar
Friday, May 16Nepali News Portal

भारतमा कोरोनाका कारण २० हजार बढिको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क
असार २३, दाङ
भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० हजार १ सय ६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४ सय ६७ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट सङक्रमित हुनेको सङ्ख्या पनि सात लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या सात लाख १९ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ सङ्क्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी सङ्क्रमित फेला परिसकेका छन् भने नौ हजार २६ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै सङ्क्रमित भेटिँदा एक हजार ५ सय ७१ जनाको मृत्यु भएको छ । दिल्लीमा एक लाखभन्दा धेरै सङ्क्रमित फेला परेका छन् भने तीन हजार ११५ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म चार लाख ३९ हजार ९४८ सङ्क्रमित निको भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्