नेसनल प्याव्सन दाङको अध्यक्षमा भोजराज न्यौपाने – Kanika Khabar
Thursday, May 2Nepali News Portal

नेसनल प्याव्सन दाङको अध्यक्षमा भोजराज न्यौपाने

    मा प्रकाशित

तुलसीपुर २३ भदौ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) दाङको अध्यक्षमा भोजराज न्यौपाने चयन भएका छन् । शुक्रबार भएको छैठौ जिल्ला अधिवेशनबाट अध्यक्ष न्यौपानेसहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका हुन् । त्यसैगरी उपाध्यक्षमा ठाकुर प्रसाद डाँगी, शरद गौतम, सचिवमा सालिकराम कार्की, कोषाध्यक्षमा भुवन वली, सह-सचिवमा दीपक यादव, सह-कोषाध्यक्षमा दीपक खड्का चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा फत्ते बहादुर खड्का, रोमहर्ष शर्मा, संगिता रोकाया, शोभा केसी, कुलदिप गौतम, कुमार नेपाली, नेब बहादुर खत्री, रोज बोहरा, लोकराज भुसाल, शरद देवकोटा र भानुभक्त यादव चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा पछिल्लो समय विद्यालयमा भई रहेको शैक्षिक गतिविधिहरुसंगै कक्षा कोठामा पढाउने बाहेक, विद्यार्थीहरुको नैसर्गिक सिकाईको कुरा छ त्यसलाई अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको क्षमता उजागर गर्ने, संगठनलाई अझै चुस्त दुरुस्त चलायमान बनाउने योजना रहेको बताए । त्यसैगरी राज्यले निजी विद्यालयहरलाई दवाउने, दोस्रो दर्जाको रुपमा हेर्ने गरेको छ त्यसमा सकारात्मक बनाउन पहल गर्ने, देशभरी कम्पनीबाट चलेका विद्यालयहरु पाँच वर्ष भित्र गुठीमा जाने भन्ने खालको विद्येक शिक्षा ऐनमा आउँदैछ त्यस्ता राष्ट्रिय मुद्धामा शशक्त रुपमा उभिने, जिल्लामा राम्रो नेतृत्व दिने, विद्यार्थीको पठनपाठन सहित अतिरिक्त क्रियाकलाप मार्फत विद्यालयसम्म नेसनल प्याव्सन पुग्ने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्