लायन्स राप्ती इञ्जिनियरिङद्वारा शैक्षिक सामग्री वितरण – Kanika Khabar
Thursday, May 2Nepali News Portal

लायन्स राप्ती इञ्जिनियरिङद्वारा शैक्षिक सामग्री वितरण

    मा प्रकाशित

घोराही, २३ भदौ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा लायन्स क्लब राप्ती इञ्जिनियरिङले घोराही १६ मा रहेको प्रावि सानी अम्वापुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

लायन्स क्लब राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता एवं लायन्स क्लब ३२५ एन एरिया नंं. २ का चिफ डा. भिमसेन गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको थियो । विद्यालयमा रहेका कुल ७३ जना विद्यार्थीहरुमध्य विद्यालयमा आएका ४८ जना विद्यार्थीलाई कापी र कलम प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै लायन्स क्लबका एरिया चिफ डा. गिरीले सरकारी विद्यालयमा आउने विद्यार्थीहरुको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले आफ्नो गाउँ ठाउँमा रहेको विद्यालयको अवस्था धरासायी हुँदा पनि स्थानीयले चासो नदिएको गुनासो गरे । उनले राप्ती इञ्जिनियरिङ कलेजलका तर्फबाट साझेदारीमा शिक्षक राख्नका लागि सहयोग गर्ने प्रस्ताव विद्यालय व्यवस्थापन समितिले वास्ता नगरेको बताए ।

विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद जिसीले विद्यालयको अवस्था दिन प्रतिदिन खस्कदै गएको बताए । उनले स्थानीय, स्थानीय सरकार र अन्य सरोकारवालाले वास्ता नगर्दा विद्यालय दिन प्रतिदिन विग्रदै गएको बताए । विद्यालयको अवस्था सुधार्नका लागि भन्दा पनि राजनीति गर्ने थलो विद्यालयलाई बनाउने गरेको उनको भनाई थियो । विद्यालयको अवस्थामा सुधार ल्याउने जिम्मेवारी विद्यालयका शिक्षक शिक्षिकाको मात्र नरहेको भन्दै उनले विद्यालय व्यवस्थापन समितिले आवश्यक सहयोग गरेमा अहिलेको भन्दा राम्रो तरिकाले संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम संयोजक बावुराम जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष अधिकारीले प्रावि सानी अम्वापुरलाई अझै राम्रो बनाउनका लागि क्लवका तर्फबाट आगामी दिनमा पनि सहयोग गरिने बताए । अधिकारीले सरकारी विद्यालयलाई वास्ता नगर्ने स्थानीयले विद्यालयका बारेमा चासो दिनुपर्ने भन्दै विद्यालयका बारेमा व्यापक छलफल गर्न आवश्यक रहेको धारणा राखे । कार्यक्रमको संचालन लायन्स क्लब राप्ती इञ्जिनियरिङका द्वितिय उपाध्यक्ष धनेश्वर चौधरीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्