शिक्षा विधेयक २०८० : विव्यसमा वडाध्यक्ष होइन, अभिभावक – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

शिक्षा विधेयक २०८० : विव्यसमा वडाध्यक्ष होइन, अभिभावक

    मा प्रकाशित

दाङ, २६ भदौ ।
‘शिक्षा विधेयक २०८०’ संसदमा पेस हुने अन्तिम तयारीमा रहेको छ । संसदमा पेस गर्ने अन्तिम तयारीमा रहेको शिक्षा विधेयकले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अभिभावककै नेतृत्वमा हुनु पर्ने प्रस्ताव गरेको छ । यसअघि कतिपय स्थानीय सरकारले वडाध्यक्ष वा निजले तोकेको सदस्यलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउने अभ्यास सुरु गरेका थिए ।

विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा अभिभावक मध्येबाटै अध्यक्ष बनाउने र समिति समावेशी हुनु पर्ने व्यवस्थाको प्रस्ताव गरेको छ ।

विधेयकमा विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि गठन हुने व्यवस्थापन समितिमा अभिभावककै प्रतिनिधित्व गर्ने गरी विधेयकमा प्रस्ताव गरिएको स्रोतले बताएको छ ।
विद्यमान शिक्षा ऐनमा सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि अभिभावककै नेतृत्वमा समिति रहने व्यवस्था छ ।

विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने र उक्त व्यवस्था कार्यान्वयनका लागि स्थानीय सरकारले कानुन बनाएर काम गर्न सक्ने संविधानको व्यवस्थाका आधारमा कतिपय स्थानीय सरकारले वडाध्यक्ष वा सदस्यलाई विद्यालयको अध्यक्ष बनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्