शिक्षक राजनीतिक दलको सदस्यता लिन र कुनै पनि राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने – Kanika Khabar
Saturday, September 30Nepali News Portal

शिक्षक राजनीतिक दलको सदस्यता लिन र कुनै पनि राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने

    मा प्रकाशित

काठमाडौं, २७ भदाै ।
शिक्षा विधेयक २०८० मा शिक्षकले राजनीतिक दलको सदस्यता लिन र कुनै पनि राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था रहेकाे छ ।

प्रस्तावित विधेयकको परिच्छेद ८ मा रहेको सार्वजनिक विद्यालयका शिक्षकको आचरण अन्र्तगत शिक्षक राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

‘शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुनु हुँदैन’ मस्यौदामा भनिएको छ ।

यसैगरी शिक्षकले कम्पनी स्थापना गर्न वा सञ्चालन गर्न, तथा व्यापार व्यवसाय गर्न स्थानीय तहको स्विकृति लिनु पर्ने विधेयकको मस्यौदामा छ । विद्यालयमा पठनपाठनका अलावा, जनगणना, निर्वाचन, विपद् उद्दार लगायत संघ, प्रदेश र स्थानीय सरकारले तोकेको बाहेक अन्यत्र नोकरी गर्न नहुने पनि विधेयकमा व्यवस्था गरिएको छ ।

शिक्षकले प्रदर्शन गर्न हड्ताल गर्न पनि पाउने छैनन् । बहुविवाह गर्न, यौनजन्य दुर्व्यवहार गर्न, यातना दिन नहुने, विदेशको स्थायी अनुमती पत्र लिन नहुने लगायतका व्यवस्था विधेयकको मस्यौदामा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्