शिक्षा विधेयक २०८० : यस्ताे छ शिक्षक बन्नका लागि न्युनतम शैक्षिक याेग्यता – Kanika Khabar
Thursday, May 2Nepali News Portal

शिक्षा विधेयक २०८० : यस्ताे छ शिक्षक बन्नका लागि न्युनतम शैक्षिक याेग्यता

    मा प्रकाशित

काठमाडौं, २७ भदाै ।

शिक्षा विधेयक २०८० ले शिक्षक बन्नका लागि न्युनतम शैक्षिक याेग्यताकाे प्रस्ताव गरेकाे छ । प्रस्तावित विधेयकमा आधारभुत तहको शिक्षकका लागि न्युनतम स्नातक र माध्यमिक तहको शिक्षकका लागि न्युनतम स्नातककोत्तर तहको शैक्षिक योग्यता हुनुपर्ने प्रस्ताव गरेको छ ।

आज बुधबार संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकलाई दुई श्रेणी आधारभूत र माध्यमिक तहमा विभाजन गरिएको छ ।
हाल प्राविको शिक्षक हुन कक्षा १०, निमाविलाई कक्षा १२ र मावि शिक्षकलाई स्नातक उत्तीर्ण गरेको हुनु पर्ने व्यवस्था छ । अब कक्षा ५ सम्म अध्यापन गराउने साधारण र कक्षा ६ देखि १२ सम्म अध्यापन गराउने शिक्षक विषयगत हुने छन् । आधारभूत तहको साधारण शिक्षक हुनका लागि शैक्षिक योग्यता स्नातक तह प्रस्ताव गरिएको छ ।

तर साधारण शिक्षकका हकमा जुनसुकै विषयमा स्नातक पूरा गरेको भए पनि हुन्छ ।

विषयगत शिक्षकतर्फ भने आधारभूत र माध्यमिक तहका लागि सम्बन्धित विषयमा क्रमशः स्नातक र स्नातकोत्तर गरेको हुनु पर्नेछ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्